सिमरा घटना पछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

हेटौंडा टुडे
२०८२ मंसिर ४, बिहीबार १४:३४ गते

हेटौंडा । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बोलाइएको हो ।  बाराको सिमरामा उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । सिमरा बुधबार बिहानदेखि नै अशान्त बनेको छ ।

नेकपा (एमाले)को कार्यक्रमका लागि काठमाडौंबाट पार्टीका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जान खोजेपछि जेनजी समूहले सिमरा विमानस्थल घेराउ गरेका थिए ।

सोही क्रममा एमाले कार्यकर्ता र जेनजी अगुवाबीच झडप भएको थियो । जसका कारण आज पनि सिमरा अशान्त बनेको छैन । बिहीबार सिमरामा प्रदर्शन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*