भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

हेटौंडा टुडे
२०८२ मंसिर ९, मंगलवार १२:४९ गते

हेटौंडा । भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको भारतीय ग्याँस बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक लमजुङको मध्यनेपाल–३ बस्ने ५२ वर्षीय राजकुमार श्रेष्ठ र पछाडि सवार उनकी छोरी १८ वर्षीया राइना श्रेष्ठ घाइते भएका थिए। गम्भीर घाइते भएकी श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

राजकुमारको भने पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ। ग्यास बुलेट र चालक प्रहरीको नियन्त्रणमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*