महेश बस्नेतको विरोधमा धनगढीमा प्रदर्शन

हेटौंडा टुडे
२०८२ मंसिर १०, बुधबार १३:०७ गते

हेटौंडा । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत विरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान धनगढी बजारमा युवाहरूले प्लाकार्ड सहित विरोध प्रदर्शन गरेका थिए ।

बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउँदै छन्। बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्। २३ र २४ को जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत जेनजी युवा प्रति आक्रामक सुनिएका छन्। साथै, जेनजी युवाले पनि बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन्।

गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन बस्नेत आउने थाहा पाएपछि जेनजी युवाले प्रदर्शन गरेका थिए। जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो। ७ मंसिरमा विराटनगरमा बस्नेत चढेको गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए।मंगलबार सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*