हेटौंडा । नेपाल राष्ट्र बैंकले आज देखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आज देखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।
नयाँ विशेषता सहित चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने बैंकले जनाएको छ । साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ सूचनामा उल्लेख छ ।

सेयर गर्नुहोस्






















