सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी, करोडौँ रुपैयाँको क्षति

हेटौंडा टुडे
२०८२ मंसिर १६, मंगलवार १५:३९ गते

हेटौंडा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ। आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ। बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।  आगलागि दिउँसो करीब १२ बजेर २० मिनेटदेखि शुरू भएको बताइएको छ।

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको जनाएको छ। क्षतिको विवरण यकिन हुन सकेको छैन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*