सबै जातजाति संस्कृतिको संरक्षण गर्नुपर्छः मुख्यमन्त्री बानियाँ

हेटौंडा टुडे
२०८२ मंसिर १८, बिहीबार ११:२० गते

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै जातजातिको संस्कृति संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ । किराँत समुदायको महान् पर्व उँधौली, समस्त नेवार समुदायले मनाउने ज्यापु दिवस तथा यः मरि पुन्हिको उपलक्ष्यमा बिहीवार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री बानियाँले किराँत समुदायको उधौली–उभौली, नेवार समुदायको यःमरी पुनिँका अवसरमा शुभकामना व्यक्त समेत गरेका छन् ।

मुख्यमन्त्रीका अनुसार यस्ता पर्वहरूले सामाजिक सद्भाव, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न प्रेरणा दिनेछन् । “पर्वले हाम्रो सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न हामी सबै एकताबद्ध भई अगाडि बढ्न प्रेरणा दिनेछ,” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

May be an image of text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*