राष्ट्रपति पौडेल समक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

हेटौंडा टुडे
२०८२ मंसिर २१, आईतवार १२:३८ गते

हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिममा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थाअनुसार सो प्रतिवेदन पेस गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*