हेटौंडा । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
यसअघि कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएलगत्तै, असोज ५ गते उनलाई कार्यकारी निर्देशक पदबाट हटाएर मनोज सिलवाललाई जिम्मा दिएका थिए। आफूलाई पाँच वर्षका लागि नियुक्त गरेको र अन्याय भएको भन्दै कुलमान घिसिङको निर्णय विरुद्ध शाक्य सर्वोच्च गएका थिए।
सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्ववत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा काम गर्न परमादेश जारी गरेको थियो।
सेयर गर्नुहोस्


















