नागढुङ्गा-मलेखु सडकखण्ड शुक्रबार र शनिबार बन्द नहुने

हेटौंडा टुडे
२०८२ मंसिर २६, शुक्रबार १२:३५ गते

हेटौंडा । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ ।  नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई मध्यनजर गर्दै दुई दिन सडकमा आवतजावत बन्द नगरिने आयोजनाले जनाएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनपछि कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ ।

मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर आयोजनाले काम गरिरहेको थियो । आयोजनाले सडक कालोपत्रेदेखि सडक चौडा गर्ने काम गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*