हेटौंडा । मोटरसाइकल दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार दिउँसो ५ बजेको समयमा चितवन जिल्लाको कालिका नगरपालिका– ९ सेरवासस्थित भित्री सडक खण्डमा उपरधनगढीबाट सेरवास तर्फ आउँदै गरेको ना ३४ प ४६१७ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका–७ का २४ वर्षिय साजन चेपाङ गम्भीर घाइते भएका थिए । दुर्घटनाको बारेमा जानकारी हुनासाथ प्रहरी चौकी जुटपानीको प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते चेपाङलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो । शनिबार राति ९ बजेर २४ मिनेटको समयमा डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
सेयर गर्नुहोस्






















