१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमण मुक्त गराउने लक्ष्य छ : बालेन्द्र साह

हेटौंडा टुडे
२०८२ मंसिर २९, सोमबार १५:१० गते

हेटौंडा । काठमाडौं महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।  दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने नीति अपनाएको बताए । उनले  करिब ९१ करोड रुपैयाँको लागतमा सम्पदा संरक्षणका काम हुँदा २७६ मूर्त सम्पदा आयोजना र १ सय २५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका प्रमुख शाहले जानकारी दिए ।

आगामी दिनमा करिब दुई खर्ब रुपैयाँ बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको उनले बताए ।   महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।

समारोहमा महानगरले महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान तथा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कृत गरिएको थियो ।

२०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौँ महानगर घोषणा गरेको दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*