हेटौंडा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा आइपुगेको छ। हिजो चाँदी तोलामा ४ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
सेयर गर्नुहोस्






















