सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै ४१ सय रुपैयाँले बढ्यो

हेटौंडा टुडे
२०८२ पुष २८, सोमबार १३:३५ गते

हेटौंडा । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुन तोलामै ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यले निरन्तर बढ्दो क्रममा छ ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*