राष्ट्रिय सभाबाट तीन सदस्यले दिए राजीनामा

हेटौंडा टुडे
२०८२ माघ ४, आईतवार १४:१४ गते

हेटौंडा । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका छन्। नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*