सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, प्रतितोला २ लाख ८४ हजार माथि

हेटौंडा टुडे
२०८२ माघ ६, मंगलवार ११:३३ गते

हेटौंडा । मंगलबार पनि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको हो ।

हिजो २ लाख ८२ हजारमा कारोबार भएको सुन आज २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । यसदिन चाँदी तोलामा ७० रुपैयाँले बढेर ५८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*