हेटौंडा। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। यसदिन सुन प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार ९ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार प्रतितोला चाँदी ६ हजार ८७० रुपैयाँ पुगेको थियो।
सेयर गर्नुहोस्






















