हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ तोकिएको छ ।यसअघि विहिबार सुन तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४० रुपैयाँले घटेर तोलाको ७०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ७५०५ रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्






















