सुनको मूल्य तोलामा ३ हजारले घट्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन १, शुक्रबार ११:२५ गते

हेटौंडा । फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो।

बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।  महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोवार भैइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*