हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हेटौंडा आउने भएका छन् । फागुन ११ गते रास्वपाले बागमती प्रदेशको राजधानी हेटौंडामा चुनावी सभा गर्ने भएको हो।
हेटौंडाको हुप्रचौरमा हुने भेलामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह आउने कार्यक्रम तय भएको रास्वपा मकवानपुरले जनाएको छ। चितवनमा सम्पन्न प्रदेशस्तरीय कार्यक्रम पछि हेटौंडामा आउने जनाएको छ। कार्यक्रममा पार्टीका अन्य वरिष्ठ नेता र कार्यकर्ताहरूको पनि सहभागिता रहनेछ।
सेयर गर्नुहोस्


















