आइतबार सुनको मूल्य ३५ सय रुपैयाँले बढ्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन २४, आईतवार ११:२६ गते

हेटौंडा । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा उच्च वृद्धि आएको छ । अघिल्लो शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ३ हजार ५०० रूपैयाँले बढ्दै ३ लाख १६ हजार ९०० रूपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा ३० रूपैयाँले बढ्दै ५ हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ५ हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*