सोमबार सुनको मूल्य ३७ सय रूपैयाँले घट्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन २५, सोमबार ११:०७ गते

हेटौंडा । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिन ३ हजार ५०० रूपैयाँले बढ्दै ३ लाख १६ हजार ९०० रूपैयाँमा पुगेको छापावाला सुनको मूल्य आज ३ हजार ७०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६५ रूपैयाँले घट्दै ५ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४७५ रूपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*