आज २ हजारले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ फाल्गुन २७, बुधबार ११:२५ गते

हेटौंडा । स्थानीय बजारमा आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ भने चाँदी मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० रुपैयाँ निर्धारण भएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० रुपैयाँ निर्धारण भएको थियो । सोमबार एक तोला सुन ३ लाख १३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २१० र त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*