शुक्रबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले घट्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन २९, शुक्रबार ११:२८ गते

हेटौंडा । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार ८०० रुपैयाँले  घटेर प्रतितोला सुन ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार एक तोला सुनको भाउ ३ लाख १७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै सुनको मूल्य घटेसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ। महासंघका अनुसार २० रुपैयाँले घटेर प्रतितोला चाँदीको भाउ ५ हजार ४९५ रुपैयाँ निर्धारण भएको छ। बिहीबार सोही परिमाणको चाँदी ५ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*