आइतबार तोलामा ४८ सयले घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ चैत्र १, आईतवार ११:०९ गते

हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २२५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ४९५ रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*