बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

हेटौंडा टुडे
२०८२ चैत्र १३, शुक्रबार १०:४३ गते

हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार उनले आज दिउँसो १२:३४ मा शपथ लिने समय तय भएको छ।

शाहसँगै आजै नयाँ मन्त्रीहरूले पनि शपथ लिने छन्। स्रोतका अनुसार रास्वपाले स्वर्णिम वाग्लेलाई अर्थ, शिशिर खनाललाई परराष्ट्र र सुदन गुरुङलाई गृहमन्त्री बनाउने पक्का भएको छ।

त्यस्तै, मन्त्रीमण्डलमा प्रतिभा रावललाई सामान्य प्रशासन, गणेश पौडेललाई पर्यटन र अमरेश सिंहलाई उद्योग मन्त्री बनाइने भएको छ। सुनिल लम्शालले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी तयारी पूरा भएको स्रोतले बताएको छ।

May be an image of ‎blueprint and ‎text that says "‎e राष्ट्रपतिको कार्यालय ل शपरीशी reten ማለስ राष्ट्रपति भवन महाराजगज, काठमाहौ नेपाल महाराजबन विज्ञण्त सम्माननीय राष्ट्र्पति श्री रामचनद्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (۹) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्तु भएको 현 시O5시 साल चैत १३ गते शुक्रवार। ने.सं. ११४६ चिल्लाथ्व नवमी। 早止 (रितेशकुमार शाक्य) प्रवक्ता फोन 9-ဖ9 १७৭९ঋ४१. 上9円笑ば 北9只火代司 ५७१९३४४, 文じ中只に光火 प्याक्स +ဒိုဖပ -ဗ9-မဖ၆၆‎"‎‎

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*