हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्ति बाचन गरिएको थियो । स्वस्ति बाचनलगत्तै १०८ जना भीक्षुहरुले मंगल पाठ गरेका थिए ।
उनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन् ।
राष्ट्रपति पौडेलले उनलाई संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।


सेयर गर्नुहोस्






















