नवलपरासीमा आगलागी : १२ घर जलेर नष्ट, चार करोड बढीको क्षति

हेटौंडा टुडे
२०८३ बैशाख ९, बुधबार १२:०४ गते

हेटौंडा। पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुका १२ घर आगलागीले जलेका छन् । आगलागी मङ्गलबार दिउँसो भएको हो । त्यसबाट रु चार  करोड बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित रु चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान  गरिएको छ । यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*