सुरु भयो कर्मचारीलाई १५ दिनमा पारिश्रमिक दिने कार्य

हेटौंडा टुडे
२०८३ बैशाख १७, बिहीबार ११:०० गते

हेटौंडा। सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ ।  पाइलट परियोजनाको रूपमा उक्त कार्य बुधबारदेखि कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरेका हुन्।

महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास)मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुवात गरेका हुन्।

गत वैशाख ४ गते अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब खुवाउने कार्य पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*