हेटौंडा। पछिल्ला दिनहरूमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सुनको मूल्य प्रतितोला १८ सय र चाँदीको मूल्य प्रतितोला १०५ रुपियाँ घटेको हो । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ८१० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्

















