वैशाख २८ गते संघीय संसद्‌का दुवै सदनको बैठक आह्वानका गर्न राष्ट्रपति समक्ष सिफारिस

हेटौंडा टुडे
२०८३ बैशाख २२, मंगलवार १५:५० गते

हेटौंडा।  सरकारले संघीय संसद्का दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उक्त निर्णय गरेको हो । बैठक दिउँसो २ बजे बस्ने गरी सिफारिस गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सरकारले पठाएको ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै सरकारले संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो ।  यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*