हेटौडा । दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ हुँदै टेलिचलचित्र ‘सीता’ मार्फत अभिनयमा चर्चा कमाउन सफल कलाकार समिया कार्की अब फिल्ममा देखिने भएकी छन् । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन् ।
टेलिचलचित्र ‘सीता’ मा सीताको नन्दको भूमिकामा देखिएकी समियाले यसै फिल्म मार्फत ठुलो पर्दा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित छन् ।फिल्ममा चर्चित गायक पशुपति शर्मा तथा गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो डेब्यु फिल्म हो ।कमेडी जनरामा निर्माण हुन लागेको फिल्मले मनोरञ्जनको भरपुर स्वाद दर्शकमाझ पस्किने निर्देशक अमरदीप सापकोटाले बताए । उनका अनुसार चलचित्रलाई हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनसहित प्रस्तुत गरिनेछ।


















