रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाइने

हेटौंडा टुडे
२०८३ असार ९, मंगलवार १०:३४ गते

हेटौडा  । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेदवार हुन नपाउने भएका छन्।पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना जारी गरेर उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाहरू आफै उम्मेदवार बन्न नपाउने उल्लेख गरेका हुन्। केन्द्रीय सभापति पदका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक जुटाउनुपर्ने हुन्छ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूका हकमा उम्मेदवारी दिनका लागि २१/२१ जना समर्थक र एक एक जना प्रस्तावक आवश्यक पर्छ।उम्मेदवारले प्रस्तावक र समर्थकहरूको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर मनोनयन फारमसँगै पेस गर्नुपर्ने हुन्छ।यससँगै सभापतिका लागि ५१ हजार पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २१ हजारका दरले शुल्क पनि लाग्छ।

‘कुनै पनि पदका उम्मेदवारका एक प्रस्तावकले कुनै एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न पाउने छैन,’ पार्टी निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।साथै कुनै पनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा हस्ताक्षर भने गर्न पाइने नियम छ।उम्मेदवारका प्रस्तावक वा समर्थकको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा अनिवार्य हुनुपर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*