नायिका श्वेता खड्का र विजयेन्द्र सिंह रावतको विवाह सम्पन्न

हेटौडा टुडे
२२ मंसिर २०७७, सोमबार १९:५८

मंसिर २२ काठमाण्डौ । नायिका श्वेता खड्काले आज मंसिर २२ गतेको लगनमा आफु दोस्रो विवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णको निधन भएको थियो । नायिका श्वेता चलिचत्रसँगै विभिन्न व्यवसायमा आबद्ध छिन् ।

 

तस्बिर:- श्वेता खड्काको फेसबुक वालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*