अमेरिका संसद भवन आक्रमणः मृत्यु हुनेको संख्या चार पुग्यो

हेटौडा टुडे
२३ पुष २०७७, बिहीबार ११:२१

अमेरिकाको संसद भवनमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या चार पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले अमेरिकी संसद भवनभित्र गरेको हिँसात्मक आक्रममा मृत्यु हुनेको संख्या चार पुगेको हो ।

प्रहरीको गोली लागेर एक जना महिलाको संसद भवनभित्र नै मृत्यु भएको हो भने अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन् ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ ।

ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको चुनावी जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासि ट्रम्पका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*