सुनचाँदीको मूल्य बढ्यो, कति छ आज ?

टुडे संवादाता
२५ माघ २०७७, आईतवार १३:०८

हेटौंडा/नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।आइतवार छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार यस दिन तेजाबी सुनको मूल्य ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।आइतवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । यस दिन चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*