हेटौंडा । हेटौंडाको ह्याचरी उद्योगमा काम गर्ने एक कामदारलाई आगोले पोल्दा गम्भीर घाइते भएका छन। हेटौडा-१६ हटिया स्थित पोषक वृजर ह्याचरिमा दाङ् तुल्सिपुर घर भइ सोही उद्योगमा काम गर्ने २८ बर्षीय ओम प्रकाश पौडेललाई फोहोर जलाउने क्रममा आगोले पोलेर गम्भीर घाइते भएका हुन। उनि लााई अचानक आगो उछुट्टिएर शरिरको बिभिन्न भागमा पोल्दा पौडेल गम्भीर घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। घाइते पौडेललाई उपचारका लागि हेटौडा अस्पताल ल्याएकोमा हेटौंडा अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको छ ।
सेयर गर्नुहोस्






















