हेटौँडा/ साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ। आज ३८ दशमलव ३५ अंकले बजार घटेर नेप्से परिसूचक दुई हजार ८ सय ३८ दशमलव ३५ अंकमा झरेको छ।
आज कारोबारमा आएकामध्ये घलेम्दी हाइड्रोपावर,कालिका लघुवित्त वित्तीय संस्था,ग्लोबल आइएमई समुन्नत स्किम १, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयरमूल्यमा उच्च दरले घटेको छ।
आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार कारोबार रकम पनि घटेको छ।
सेयर गर्नुहोस्














