हेटौंडा। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन प्रतितोला १८ सय रुपैँयाले घटेको हो ।
यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो । गत बिहीबार चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्


















