संविधान संशोधन कार्यदलको बैठक बस्दै

हेटौंडा टुडे
२०८३ बैशाख १०, बिहीबार १२:१० गते

हेटौंडा। असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ ।  बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो ।

आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका बारेमा विस्तृत छलफल हुने बताइएको छ । यसका साथै, कार्यदलले आगामी दिनमा गर्ने कामकारबाही र प्रस्तावित कार्ययोजनाका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*