गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले सम्हाल्ने

हेटौंडा टुडे
२०८३ बैशाख ९, बुधबार १६:१५ गते

हेटौंडा। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी  सम्हाल्ने भएका छन् । बुधबार गृहमन्त्री सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै तत्कालै गृहमन्त्री नियुक्ति नगरिने भएको हो ।

छानबिनमा निर्दोष ठहरिए सुधन गुरुङलाई नै पुनः गृहमन्त्री बनाउने स्रोतले जनाएको छ । त्यतिबेलासम्म नयाँ गृहमन्त्री नियुक्त नहुने  र निर्दोष देखिए सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको देखिएको थियो। उनले जेनजी आन्दोलनपछि ५० लाखको शेयर खरिद गरेको देखिएको थियो।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट उनीमाथि दवाव परेको थियो। विपक्षी राजनीतिक दलले राजीनामाको माग गरेका थिए।

अहिलेको सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका हुन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*