आजदेखि सार्वजनिक यातायातको भाडा बढ्यो

हेटौंडा टुडे
२०७९ बैशाख १, बिहीबार ०९:५६ गते

हेटौंडा । हेटौंडा  सहित बागमती प्रदेशभर सार्वजनिक यातायातको र ट्याक्सीको भाडा बढेको छ । मन्त्रीस्तरीय निर्णयबाट बैसाख १ गते देखि लागू हुने गरी भाडा बढाइएको हो । काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ । नयाँ भाडा अनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटर भन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*