गढीमा १ सय ४५ जनाले गरे उम्मेदवारी, पालिका अध्यक्ष ६ जना उपाध्यक्षमा ३ जनाको नाम दर्ता

हेटौंडा टुडे
२०७९ बैशाख १३, मंगलवार २०:०५ गते

हेटौंडा ।  बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १४५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ८ वटा वडा कार्यालय रहेको गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा १४५ जनाले उम्मेदवारी दर्ता रहेको निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले बताउनुभयो । गाउँपालिका अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट विदुर हुमागाई, गठबन्धनबाट कांग्रेसका दोर्जे लामा स्याङ्तान, राप्रपाबाट विजय सिंह ठकुरी, मंगोल नेशनल पार्टीका युवराज लामा, स्वतन्त्रबाट कृष्णप्रसाद कंडेल र युवराज तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्ष पदमा भने तीन जनाको नाम दर्ता भएको छ । एमालेबाट सन्तु थिङ, गठबन्धनबाट माओवादी केन्द्रका मानकुमारी पाख्रीन (नेपाली) र राप्रपाबाट हिरादेवी हुमागाईले उम्मेदवारी दर्ता गराएका छन् । ८ वटा वडाका लागि विभिन्न दलहरु र स्वतन्त्र गरि ३७ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*