नारायणगढ–मुग्लिन सडक खण्ड बिहान देखि अझै खुलेको छैन

हेटौंडा टुडे
२०७९ असार ४, शनिबार १७:२३ गते

हेटौडा । बिहान साढे ११ बजेदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहेको र ठूलो पहिरो भएका कारण समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो। सडक खुलाउन अझै एक घण्टा लाग्ने उहाँले बताउनुभयो।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चारकिलोमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो ।  सडक बन्द हुँदा गाडीहरुको लामो लाइन लागेको छ । बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*