सन्चो हस्पिटल र सखित्व बचत तथा ऋण सहकारी संस्था बिच सम्झौता

हेटौंडा टुडे
२०७९ असार १९, आईतवार १७:१८ गते

हेटौंडा । हेटौंडामा रहेको सन्चो हस्पिटल प्रा. लि. र सखित्व बचत तथा ऋण सहकारी संस्था हेटौंडा  – ४ बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बिच दुबै संस्थाका संचालकहरुको उपस्थितिमा सम्झौता भएका हो । सन्चो हस्पिटल प्रा. लि को तर्फबाट अध्यक्ष बिजय पुडासैनि र सखित्व बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष बालकृष्ण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार सन्चो हस्पिटल प्रा. लि. ले सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ  र सहकारीका सेयरधनी सदस्यहरुलाई सहुलियत दरमा हेल्थ प्याकेज सेवा उपलब्ध गराउने अस्पतालका ब्यबस्थापक असोक कायस्थले बताए ।

अहिले हस्पिटलमा भईरहेको सबै प्रकारका रोगको उपचार सेवा, हाडजोर्नि तथा नशा रोग बिशेषज्ञ सेवा ,पेट छाति ,मुटु मदुमेह , ब्लड प्रेसर ,नाक कान घाटि, छाला रोग ,बाल रोग , छाला रोग , फिजियोथेरापी, पिनास, प्यारालाइसिस,  प्राकृतिक उपचार सेवा, आधुनिक ल्याव,  पायल्स फिष्टुला,  फिसरको अपरेशन, फार्मेसी सेवा प्रदान गरिरहेको हस्पीटलको यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य, कर्मचारी र छ सय सेयर सदस्यहरु का परिवार लाभान्वित हुने सहकारी संस्था लिमिटेडका अध्यक्ष शर्माले बताए  ।

छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्ने छ । साथै अस्पतालले विभिन्न संघ संस्था संग सहकार्य गर्दै सामाजिक क्षेत्रमा काम गर्दे आईरहेको र भोलिको दिनमा पनि निरन्तर सामाजिक क्षेत्रका कार्य गर्ने हस्पिटलका अध्यक्ष बिजय पुडासैनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*