हेटौडा । आज बुधबार सेयर बजार उच्च अंक ५९ दशमलव ५४ अंकले बढेर १ हजार ९८६ दशमलव ८२ विन्दुमा पुगेको छ। बुधबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आज २२५ वटा धितोपत्रको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सेञ्जले जनाएको छ । बुधबार १३ वटै समूहको परिसूचक बढेकोे छ ।
सबैभन्दा बढी फाइनान्स समूहको ६ दशमलव ९६ प्रतिशतले बढेको हो ।कारोबार रकमको आधारमा शिबम् सिमेन्टको सर्वाधिक ९ करोड २ लाख भन्दा बढीको सेयर कारोबार भयो ।
सेयर गर्नुहोस्






















