हेटौंडा । गाउँपालिकाको हालको बित्तीय अबस्था कमजोर रहेको मकवानपुरगढी गाउँपालिकाले करारमा नियुक्त कर्मचारीहरुको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । शुक्रबार आज बसेको कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
जसमध्ये सुचना प्रबिधी १ जना , न्यायिक सहजकर्ता १ जना , गरिबी निवारणका लागि लघु उधम कार्यक्रमका कर्मचारी १ जना , प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका संयोजक तथा रोजगार प्राबिधिक २ जना, पन्जिकरण शाखा अन्तर्गत कृषि बाट ७ तथा पसु प्राबिधीक ८ जना २ जना पसु ज्यालादारी ४ जना संघीय सशर्त , स्वास्थ सेवा अन्तर्गतका सबै कर्मचारीहरु अहेब ४ जना अनमी ८ जना त्यसैगरि कार्यलय सहयोगि ८ जना र ल्याब असिन्टेन २ जना रोभिङ १ जना र बिधालय नर्स ३ जना गाउपालिका तथा वडाका सिभिल ईन्जिनियर १ जना वडा प्राबिधिक कर्मचारी ८ जना त्यसैगरि नक्सा शाखा अन्तर्गत ईन्जिनियर १ जना तथा अमिन १ जना , हलुका सवारी चालकहरु ३ जना साथ साथै गाउँपालिका वडा कार्यलय सहयोगीहरु १० जना र पालिका तथा वडाका बालमैत्री सहजकर्ताहरु ९ जना गरि जम्मा ८० को शुक्रबार आज बसेको कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । साथै दैनिक ज्यालादरिमा रहेका ४ जना म्याद थप नहुने साथै बिद्यालय नर्स प्रदेश मार्फत सम्झौता हुने भएकोले म्याद थप हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको हालको बित्तीय अबस्था कमजोर रहेको हुदा हाललाई करारका कर्मचारीहरुको यहि साउन १ गते आईतबारबाट म्याद धप नहुने पालिकाले जनाएको छ । करारका कर्मचारीहरु मध्य गाउँपालिकाको कार्यलय वडा कार्यलय तथा स्वास्थ चौकीलाई अत्यावश्यक पर्ने कर्मचारीको म्याद थपका सन्दर्भमा कृष्ण प्रसाद बजगाईको नेतृत्वमा एक समिती गठन गरि समितिले साउन १५ गते भित्र कार्यपालिकालाई सिफारिस गर्ने छ साथै थप गर्ने कर्मचारिको लिस्ट अर्को कार्यपालिकाबाट निर्णय केहि राम्रा काम गर्ने कर्मचारिको म्याद थप हुने गाउँपालिकाले जनाएको छ ।






















