मकवानपुरगढी – ३ मक्रान्चुलीको सार्वजनिक स्थानमा राखियो सिमेन्टका कुर्सिहरु

हेटौंडा टुडे
२०७९ श्रावण १५, आईतवार १७:५० गते

हेटौंडा । मकवानपुरगढी  गाउँपालिका – ३ मक्रान्चुलीमा सिमेन्टको कुर्सि सहयोग गरिएको छ । मकवानपुरगढी गांउपालिका वडा नम्बर ३ डेरिचोक नजिक सिमेन्टको ५ थान कुर्सि सहयोग प्राप्त भएको छ । सहयोग गर्नेहरुमा नेपालि कांग्रेसका जिल्ला सदस्य राज  कुमार गोले, हेटौंडा उपमहानगरपालिका- १६ का वडाध्यक्ष रामकृष्ण कोइराला,   मकवानपुरगढी गाउँपालिका- २ का वडा सदस्य राम प्रसाद चौरेल,  मकवानपुरगढी २ नेपालि काग्रेसका वडा सभापति राम प्रसाद पुडासैनी,  हेटौडा छ चुच्चेखोलाका युवा ब्यबसायि उदय बिडारी र संचारकर्मी मनोज देवकोटाले सिमेन्टको कुर्सि सहयोग गर्नुभएको हो ।

पांच थान सिमेन्टको कुर्सि मक्रांन्चुली स्थित डेरी चोक नजिक सडक छेउमा राखिएको छ । मक्रान्चुली डेरिचोक गाउँपालिका नजिक विशेष चहलपहल हुने स्थानमा पर्दछ । सर्वसाधारणलाई विश्राम गर्ने देखि यात्रु प्रतिक्षालयको समेत यहा स्थान छैन । गांउपालिका संगै मनकामना दुग्ध उत्पादक सहकारि सस्थामा करिब दुई सय किसानको दुग्ध बिक्रि गर्नको निम्ति आवत जाबत गर्ने गर्दछन ।

आज भन्दा करिब एक दशक अगाडि सार्वजानिक पिपलको चौतारो भत्किएपछि र सडक बिस्तारको क्रममा काठको मन्च भतिकएपछि  स्थानियबासि तथा कृषक , गाउपालिका , वडा कार्यालय , बैक आवत जाबत गर्ने यो  ठाउमा मानिसहरुले हैरानि ब्यहोनु परिरहेको छ ।

स्थानीय सरकार बनेको ५ वर्ष भन्दा बढी भएपनि उक्त स्थानमा सर्वसाधारणको भिड बढी हुने, किसानहरुको ओहोरदोहोर भैरहने स्थानमा थकान मेट्नका लागि बस्ने ठाउँ समेत् नबनाएकाले विभिन्न व्यक्तित्वहरुको सहयोगमा सिमेन्टको कुर्सि राखिएको स्थानियबासि रामशरण देबकोटाले बताए । बैंक तथा वित्तीय सस्था तथा अन्य कार्यालयहरु भएपनि सार्वजनिक रुपमा बस्ने कुनै स्थान नभएकाले सामाजिक उत्तरदायित्व स्वरूप कुर्सि सहयोगका लागि पहल गरिएको स्थानीय देवकोटाले बताएका छन् । उनका अनुसार मक्रान्चुलीका अन्य स्थानमा पनि यस्ता कुर्सिहरुको आवस्यकता रहेको र थप कुर्सिहरु राख्दै जाने उनले बताए ।

केहि समय अघि रानि बनले दुई बटा सिमेन्टको कुर्सि र एक वटा गोल घर  निर्माण तथा बितरण गरे पनि यो ठाउको लागि यतिले मात्र पुरा नहुने स्थानियबासि तथा सरोकारवाला ब्यक्तित्वहरले बताएका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*