मकवानपुरमा जलचर प्राणी संरक्षण समिति गठन

हेटौंडा टुडे
२०७९ भाद्र २६, आईतवार २०:४० गते

हेटौंडा । मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बर्धन गर्नका लागि समिति गठन गरेर काम सुरु गर्न लागिएको छ । मकवानपुरका नदी, नाला, खोल्सा, पानीका श्रोतहरु रहेको ठाउँमा जलचर प्राणीको संरक्षण गर्नका लागि समिति गठन गरेर काम सुरु गर्न लागिएको हो । नदी, खोला, खहरेहरुमा फोहोर फाल्ने, यसको संरक्षण गर्नुको सट्टा विनास गर्न थालिएकाले यसको संरक्षणका लागि समिति गठन गरिएको हो । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर समिति गठन गरिएको जानकारी गराइएको छ ।

विनोद महतको संयोजकत्वमा गठन गरिएको समितिको सचिवमा नवराज खतिवडा, कोषाध्यक्षमा गोकर्ण सुवेदी रहनुभएको छ । यस्तै सदस्यमा कपिल खड्का, गणेश कुमार खड्के, रमेश ढकाल, अशोक कुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहनुभएको छ । समितिको संरक्षकमा भीमसेन महत र सल्लाहकारमा नरहरी महत रहनुभएको छ ।

वातावरणमा नकारात्मक प्रभावको असर र मानवीय व्यवहारका कारण जलचरका प्रजाति नै नष्ट भएको जीकिर गर्दै जलचर संरक्षणका लागि राज्यका निकायलाई जिम्मेवार बन्न प्रेरित गरिने संयोजक विनोद महतले बताउनु भएको छ । जलचरको विकास र विस्तारका लागि खोला तथा नदीमा माच्छाका भुरा छाड्ने कार्य पनि गरिने उहाँले उल्लेख गर्नुभएको छ । समितिका संरक्षक भीमसेन महतले मानवीय जीवनको रक्षाका लागि जलचर संरक्षण जरुरी रहेको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*