मंगलबार नेप्से परिसूचक ५६.११ अंकले बढेको छ।
आज नेप्से २.९९ प्रतिशतले बढेर १९३०.९९ बिन्दुमा पुगेर बन्द भएको छ।यस दिन २३१ वटा धितोपत्रको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य २८८ रुपैयाँ २० पैसामा बन्द भएको छ। त्यस्तै, युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१८ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा ९.५% एनसिसी डिवेञ्चर २०८६ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ३.९१ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८६० रुपैयाँमा झरेको छ।
सेयर गर्नुहोस्

















