आज राष्ट्रिय चिया दिवस मनाइँदै

हेटौंडा टुडे
२०८३ बैशाख १५, मंगलवार ०९:५६ गते

हेटौंंडा। आज वैशाख १५ गते । चिया किसानहरु लागि महत्वपूर्ण दिन अर्थात् राष्ट्रिय चिया दिवस । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ।

नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवर्द्धनमा ध्यान केन्द्रित गरिन्छ।

हरेक नेपालीको दैनिक जीवनको अभिन्न हिस्सा बनेको चिया केवल पेय पदार्थ मात्र होइन, हाम्रो संस्कृति, आतिथ्यता र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको परम्परा पनि हो। अधिकांश नेपाली घरमा दिनको शुरूआत चियाबाट हुने गर्दछ भने अतिथि सत्कारको पहिलो माध्यम पनि प्रायः चियानै बन्ने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*